१८ मंसिर २०७८, शनिबार
गृह सरकारलाइ दवाव दिने काँग्रेसको निर्णय
सरकारलाइ दवाव दिने काँग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ । आज बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ल्याउन नहुने अध्यादेश ल्याएको ठहर गर्दै ती अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय गरेको हो ।

सरकारसँग प्रत्यक्ष संवाद तथा विभिन्न रचनात्मक विरोधका कार्यक्रमबाट अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थालाई संशोधन गर्दै पार्टीको केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगेमा पार्टी विभाजन गर्न सकिने र संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश हिजोनै राष्ट्रपतिबाट कार्यान्वयनमा आइसकेको छ ।


डा. कोइरालाको आपत्ति
नेपाली काँगे्रसका नेता डाक्टर शेखर कोइरालाले पनि कोरोना भाइरसको महामारीमा सरकारले यस्तो अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ती जारी गदै उहाँले अध्यादेश नेपाली राजनीतिमा इतिहासकै दुःखत घटना भएको दाबी गरे । सरकारले जारी गरेको दुई अध्यादेश सत्ताको उन्मादमा चालिएको गैरसंवैधानिक कदम भएको उनको प्रतिक्रिया छ । काँगे्रस लोकतान्त्रिक संसदीय ब्यवस्था जोगाउनको लागि जस्तोसुकै कदम उठाउन पछि नपर्ने कोइरालाले चेतावनी दिए ।

Facebook Comments

हरेक खबर खास खबर