१८ मंसिर २०७८, शनिबार
गृह थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो
थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं । उदयपुरमा थप एक जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उदयपुरमा थप एक जना ३३ बर्षीय पुरुषमा कोरोना संक्रम भएको पुष्टि गरेका छन् । यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो । त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी रहेको देवकोटाले बताए । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३२ पुगेको छ ।


Facebook Comments

हरेक खबर खास खबर