१८ मंसिर २०७८, शनिबार
गृह मजदुरको शव गाड्ने इँटाभट्टाका सञ्चालक पक्राउ
मजदुरको शव गाड्ने इँटाभट्टाका सञ्चालक पक्राउ

काठमाडौं । इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो ईटाभट्टाका मजदुर सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए ।
४० वर्षीय नदाफको सोमबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । नदाफको शव चेकजाँचका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ । पक्राउ परेका सञ्चालकहरुको अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर