१७ मंसिर २०७८, शुक्रबार
गृह आरडीटी विधिबाट काठमाडौंका दुइ नर्समा कोरोना पोजिटिभ
आरडीटी विधिबाट काठमाडौंका दुइ नर्समा कोरोना पोजिटिभ

काठमाडौं । र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षणबाट काठमाडौंका दुई नर्समा कोरोना पोजिटिभ देखिएको छ । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकामा मंगलबार दुई जना नर्सको रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुको पीसीआर विधिबाट परीक्षणको लागि स्वाब संकलन गरिएको टेकु अस्पताल स्रोतले जनाएको छ ।

पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरमा अहिलेसम्म सबैभन्दा बढी २४ जना संक्रमित छन् । पाँच जना भने डिस्चार्ज भएका छन् अन्य सबैको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Facebook Comments

हरेक खबर खास खबर