१८ मंसिर २०७८, शनिबार
गृह आजको राशिफलः कसलाइ कम्ती, कसलाइ मध्यम
आजको राशिफलः कसलाइ कम्ती, कसलाइ मध्यम

आज मिति वि.सं. २०७७ वैशाख १० गते बुधवार । इ.स. २०२० अप्रिल २२ । ने.सं. ११४० चौलागा । वैशाख कृष्णपक्ष । चतुर्दशी तिथी ५ः४१ उप्रान्त औंसी ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ ।


वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । दिउँसोदेखि सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर दिउँसोदेखि खर्चिलो कामले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिउँसोदेखि रमाइलो जमघटमा सहभागी भइनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। परिस्थितिको बन्धनले पनि स्वतन्त्रतामा बाधा पुर्याउला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला ।

Facebook Comments

हरेक खबर खास खबर