१७ मंसिर २०७८, शुक्रबार
गृह लकडाउनका बीच मंगलबार राती करिव १५ सय बढिले काठमाडौं छाडे
लकडाउनका बीच मंगलबार राती करिव १५ सय बढिले काठमाडौं छाडे

काठमाडौँ । लकडाउन भएको २९ दिनपछि काठमाडौँको जडिबुटी र भक्तपुरको लोकन्थलीमा जम्मा भएका १५ सय भन्दा धेरै यात्रु मंगलबार राति आ आफ्नो घर फर्केका छन् । प्रहरीले राति ८ बजेतिर सडकमा रोकिएका बसलाई जाने अनुमति दिएको बताइएकाे छ ।

काठमाडौँमा विभिन्न पेसा र व्यवसाय गरी बसेका नागरिकलाई घर लैजान स्थानीय तहको अघोषित आहवनपछि भक्तपुर र काठमाडौँको सीमानाका जडिबुटी तथा लोकन्थलीआसपासका क्षेत्रमा यात्रुको भिड लागेको थियो ।


भिडमा महिना दिनको शिशु बोकेका सुत्केरीदेखि ८० वर्षे वृद्धवृद्धासम्म थिए । यात्रुको भिड लागेपछि प्रहरीलाई व्यवस्थापन गर्न हम्मे परेको थियो । झोला बेकेर घर जान प्रतिक्षामा रहेका उनीहरुमध्ये कमैको मुखमा मात्र मास्क थियो ।

याे खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र विजय कार्कीले लेखेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर