१८ मंसिर २०७८, शनिबार
गृह रामेछापको मन्थलीमा बस दुर्घटना, २८जना घाइते
रामेछापको मन्थलीमा बस दुर्घटना, २८जना घाइते

मन्थली । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिस बोकेको बस रामेछापमा दुर्घटना भएको छ । बा २ ख ६८१८ नम्बर मिनिबस मन्थली नगरपालिका–६ कुनौरी मोडमा बुधबार बिहान ४ बजे दुर्घटनामा हुँदा २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा मानविय क्षती भएको छैन ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेमध्येका एकजनालाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको छ भने बाँकीको तामाकोसी सहकारी अस्पताल मन्थलीमा उपचार भइरहेको प्रहरी जनाएको छ । ब्रेक फेल भएर बस दुर्घटनामा परेको हो । बस देब्रेतिरको नालिमा खसेकाले ठुलो मानविय क्षतिहुनबाट जोगिएको छ । मंगलबार स्थानीय सरकारको पहलमा काठमाडौं बाट ठुलो संख्यामा यात्रुहरु यात्रामा निस्किएका थिए ।


Facebook Comments

हरेक खबर खास खबर