१८ मंसिर २०७८, शनिबार
गृह उदयपुर चारैतिरबाट ‘सिल’
उदयपुर चारैतिरबाट ‘सिल’

उदयपुर । भुल्केमा थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएसँगै प्रदेश नम्बर–१ सरकारले उदयपुर जिल्लालाई चारैतिरबाट ‘सिल’ गरेको छ । जिल्लाभर संक्रमितको संख्या २४ पुगेपछि सरकारले उदयपुर जिल्ला सील गरी लकडाउनलाई कडाई गरिएको हो । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले हिजो साँझदेखि जिल्ला सिल गरेर निगरानी बढाइएको जानकारी दिए ।

जिल्लालाई उच्च निगरानी राख्दै सबैको परिक्षणलाई तिब्रता दिने उनको भनाई छ । उदयपुरबाहिरबाट कसैलाई पनि भित्र प्रवेश गर्न नदिने ,भित्रबाट कसैलाई बाहिर निस्कन नदिने र उदयपुरभित्रै पनि एक स्थानबाट अर्को स्थानमा मानिसलाई जान नदिने निर्णय भएको मन्त्री घिमिरेले बताए । हिजो एकै दिन त्रियुगा नगरपालिका भूल्केस्थित नुरी मस्जिदमा बसेका भारतीय र आसपासका ११ जनामा कोराना संक्रमण भएपछि जिल्लाबासी त्रसित बनेका छन् । थपिएका ११ जना पनि भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८ जनाको र काठमाडौंको टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीनजनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये ९ जना पुरुष र दुईजना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर