१७ मंसिर २०७८, शुक्रबार
गृह आरडिटी परिक्षणमा थप २ जनामा कोरोना पोजेटिभ
आरडिटी परिक्षणमा थप २ जनामा कोरोना पोजेटिभ

काठमाडौं । प्रदेश ५ मा पहिलो पटक ¥यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको छ । पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–४ का ७८ वर्षीय वृद्धमा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ ।

ती पुरुषको ¥यापिड टेस्ट चिसापानी सामुदायिक अस्पतालमा गरिएको थियो । दुई पटकसम्म टेस्ट गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गरेर चिकित्सकहरुको निगरानीमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी थप परीक्षणका लागि भैरहवा पठाइएको जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले बताए ।


उनले ती वृद्धको आज दिउँसो सम्म रिपोर्ट आउने बताए । उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका थिए । उनीसँगै उनका परिवारका सबै सदस्यहरुको ¥यापिड टेष्ट गर्दा अन्यको रिपोर्ट नेगेटिभ आएको थियो । यसअघि पश्चिम नवलपरासीमा एक सय ३१ जनार्को यापिड टेस्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

कैलालीका एक युवामा पोजेटिभ
यता कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा ¥यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको बर्दगोरिया गाँउपालिका–३ का युवामा ¥यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीले आरडीटीमा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा ल्याइएको जानकारि दिए । प्रहरीका अनुसार उनी चैत १० गते भारतबाट फर्किएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर