१८ मंसिर २०७८, शनिबार
गृह उदयपुरका ११ कोरोना संक्रमितमध्ये दुई जना भारत र एकजना दुबईबाट आएका
उदयपुरका ११ कोरोना संक्रमितमध्ये दुई जना भारत र एकजना दुबईबाट आएका

काठमान्डौं । मंगलबार उदयपुरको भुल्केमा एकै दिन ११ जना कोरोना संक्रमित देखिएकामध्ये दुईजना भारत र एकजना दुबईबाट आएको खुलेको छ ।
दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण देखिएकोे जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताए । ती युवक गत फागुन १० गते दुबईबाट नेपाल आएका हुन । बाँकी दुई जना भने भारतको नयाँ दिल्ली र उत्तर प्रदेशबाट आएका हुन्। उनीहरू कहिले आएका हुन भन्ने विवरण आउन बाँकी छ । उनीहरू पनि त्यहीँका स्थानीय हुन्।
हिजो उदयपुरको भुल्केमा एकैदिन ११ जनामा कोरोना संक्रमण देखिएको थियो । यसअघि पनि सोही वस्तीको एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा संक्रमण देखिएपछि सो वस्ती सिल गरिएको छ । अहिले कोरोना संक्रमित २४ जना नै विराटनगरको कोरोना विशेष अस्पतालमा उपचाररत छन् ।

Facebook Comments

हरेक खबर खास खबर