२२ मंसिर २०७८, बुधबार
गृह कोरोनाको संक्रमण बढ्दो, थुनामा रहेका एक युवकको आरडिटी पोजिटिभ
कोरोनाको संक्रमण बढ्दो, थुनामा रहेका एक युवकको आरडिटी पोजिटिभ

काठमान्डौं । थुनामा रहेका एक युवकको आरडिती पोजेटिभ देखिएको छ । सालाको कान काटेको आरोपमा पक्राउ परेका एक आरोपितलाई जचाउँदा कोरोना सङ्क्रमणको लक्षण देखिएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा रणजित झाका अुनसार थुनामा राख्नु अघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा आरडिटी परीक्षण गराउँदा ४८ वर्र्षीय व्यक्तिको रिपोर्ट पोजिटिभ आएको हो ।
कदमको रुख काटने विषयमा घरज्वाई बसेका आरोपितले डाकनेश्वरी नगरपालिका ४ भुतहीका ४० वर्र्षीय सोगबिर रामको कान छिनाएका हुन । आमा सियावती रामको नाममा रहेको जमिनमा फलेको कदमको रुख आ आफ्नो भागमा परेको दाबी गर्दै भिनाजु र सालाबीच विवाद चल्दै आएको छ । रुख काटन गएका भिनाजुलाई रोक्न खोज्दा धारिलो हतियारले प्रहार गरेर कान नै अलग पारी दिएको घाइतेले बताए ।

सप्तरीको चनही मल्हनिया घर भएका आरोपित बेहेपछि ससुरालीमा घरज्वाई बस्दै आएका छन । सासूआमाको मृत्यु पछि भिनाजु र सालाबीच जमिनका विषयमा विवाद छ । कान छिनाएको आरोपमा पक्राउ परेका आरोपितमा संक्रमणको लक्षण देखिएपछि उनलाई थुनामा नराखी राजविराजस्थित अस्पतालको आइसोलेसनमा राखिएको छ ।


राजविराज अस्पतालका अनुसार उनको बुधबार पीसीआर विधिबाट परीक्षणका लागि स्वाब निकालेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको छ । उनलाई पक्राउ गरी ल्याउने प्रहरीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर