२२ मंसिर २०७८, बुधबार
गृह आरडिटी पोजेटिभ आएका नर्समा कोरोना भेटिएन
आरडिटी पोजेटिभ आएका नर्समा कोरोना भेटिएन

काठमाडौं । आरडीटी विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ । केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई हिजो आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो । स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट आज बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।


Facebook Comments

हरेक खबर खास खबर