१८ मंसिर २०७८, शनिबार
गृह कोरोना फैलाएयो भन्दै अमेरिकाले चीन विरुद्ध मुद्धा हाल्ने
कोरोना फैलाएयो भन्दै अमेरिकाले चीन विरुद्ध मुद्धा हाल्ने

काठमाडौं । अमेरिकी राज्य मिजुरीले नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा चीन सरकार र चिनियाँ सत्तारूढ कम्युनिस्ट पार्र्टीविरुद्ध अदालतमा मुद्दा हालेको छ ।

‘चिनियाँ सरकाले विश्वलाई कोभिड–१९ को जोखिम र सङ्क्रामक गतिका बारेम झुटो बोल्यो , सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन,’ मिजुरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने, ’त्यो कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउन पर्छ ।’


मुद्दामा भने मानिसहरूको मृत्यु, उनीहरूको दुख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ । चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

मिजुरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन । अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ ।

अमेरिकाले चीनविरुद्ध मुद्दा हाल्ने हो भने अन्तर्रा्िष्ट्रय मञ्चहरूमा जानुपर्छ जहाँ चीनले पनि जवाफ दिने मौका पाउँछ । अमेरिकाले कोरोनाभाइरस महामारीका लागि चीनलाई दोष दिने क्रम बढिरहेको बेला यो मुद्दा दर्ता गराउने तयारी गरिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरूमा चीनले कोरोनाभाइरस नियन्त्रण गर्न चालेको कदमको प्रशंसा गरेका थिए । तर अमेरिकामा सङ्क्रमण र मृत्यु को संख्यामा बढेर दबावमा आएपछि उनले चीनतर्फ औँला उठाएका थिए ।

यो वर्षको अन्त्यमा राष्ट्रपतीय निर्वाचन भएको अवस्थामा मिजुरीको मुद्दा र अन्य अमेरिकी कम्पनीहरूको मुद्दाहरू ट्रम्पको रिपब्लिकन पार्र्टीका लागि राजनीतिक अस्त्र हुन सक्ने विज्ञहरूले बताएका छन ।

Facebook Comments

हरेक खबर खास खबर