१७ मंसिर २०७८, शुक्रबार
गृह तुलसीपुरमा अब राहत लिन श्रम गर्नुपर्ने
तुलसीपुरमा अब राहत लिन श्रम गर्नुपर्ने

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले राहत लिनेलाई श्रममा लगाउनेगरी श्रम बैंक स्थापना गर्ने तयारी गरेको छ । कार्यपालिकाको ८४ औँ बैठकले दोस्रो चरणमा राहत लिनेलाई श्रममा लगाउने निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिएका छन् ।

राहातलाई विकाससँग जोड्न योजनाअनुसारको काम थालिएको उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा ६ हजारभन्दा बढीलाई राहत वितरण गरेको र अब राहत वितरण र रोजगारलाई सँगै अगाडि बढाउने योजना रहेका उपमहानगरले जनाएको छ ।


यो योजनाअनुसार विपन्नलाई राहत दिने र त्यसबापत वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने भएको छ । श्रम बैंकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति निर्माण गर्ने निर्णय पनि भएको छ ।

Facebook Comments

हरेक खबर खास खबर