१७ मंसिर २०७८, शुक्रबार
गृह उदयपुरमा कोरोना जाँच गर्न उपकरण अभाव, खोटाङमा कडाइ
उदयपुरमा कोरोना जाँच गर्न उपकरण अभाव, खोटाङमा कडाइ

उदयपुर । उदयपुरको भुल्के र आसपासका क्षेत्रमा कोरोना परिक्षणका लागि उपकरणको अभाव भएको छ । भुल्के लगायत त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलँदै गए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न आवश्यक उपकरणको अभाव हुँदा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार भुल्केमा ६ सय ५० जनाको बसोबास रहेपनि अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरी ३१९ जनाको मात्र स्वाब नमुना संकललन गरिएको सुवेदीको भनाइ छ । ३ सय १९ जनाको स्वाब नमुना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब संकलन गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।


खोटाङमा कडाइ
कोरोना भाइरसको हटस्पट बनेको उदयपुरसँग सिमाना जोडिएको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ । छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा जान आउन समेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले जानकारि दिएका हुन् ।

Facebook Comments

हरेक खबर खास खबर