१८ मंसिर २०७८, शनिबार
गृह औषधिमा कालोबजारी, बिरामीलाई अभद्र व्यवहार
औषधिमा कालोबजारी, बिरामीलाई अभद्र व्यवहार

भक्तपुर । विश्व नै कोरोना भाइरसकाट आक्रान्तबनिरहेका बेला औषधि व्यवसायीले औषधिजन्य सामग्रीमा कालोबजारी गरेका छन् । कालोबजारीसंगै वडामा रहेका स्वास्थ्य चौकीहरुले सामान्य स्वास्थ्य सेवा समेत नदिई अभद्र व्यवहार गर्ने गरेको पाइएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० को चित्तपोल स्वाथ्य चौकीले स्थानीयवासीलाई सेवा नदिई अभद्र व्यवहार गरेको पाइएको छ । स्वास्थ्य चौकीमा उच्च रक्तचाप जाँचको लागि जानुभएका मुरारी नगरकोटीलाई स्वास्थ्यकर्मीले गेटबाटै फर्काइदिएका छन् । ज्वरो आएपछि औषधि लिन त्यही स्वास्थ्यचौकी जानुभएका लक्ष्मीभक्त खाताखोले स्वास्थ्यकर्मीले अभद्र व्यवहार गरेको गुनासो गरे । स्वास्थ्यकर्मीले छोइन्छ भनेर औषधि बाहिर फ्याकिदिएको भन्दै स्वास्थ्यकर्मीहरुबाटै अभद्र व्यवहार हुने र ज्वरोसमेत मापन नहुने भएपछि यस्ता स्वास्थ्य चौकीको अर्थ नभएको उनको भनाइ छ ।


जिल्लाका सबै नगरपालिकाले प्रत्येक वडाको स्वास्थ्य चौकीमा थर्मल गन, पीपीई र औषधिको व्यवस्था गरेपनि अधिकांश स्वास्थ्य चौकी भने दिनमा चारघण्टा खुल्ने र आएका बिरामीको परीक्षण तथा परामर्श नदिने गरेको गुनासो आएको छ । त्यस्तै जिल्लाका कतिपय अस्पतालमा सञ्चालित फार्मेसीदेखि औषधि पसल र क्लिनिकहरुले औषधिको मनोमानी मूल्य लिएको गुनासो पनि धेरै आएका छन् । तर अनुगमन नहुँदा उपभोक्ता मारमा परेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर