१८ मंसिर २०७८, शनिबार
गृह भारतले नेपाललाइ गर्यो २३ टन औषधि सहयोग
भारतले नेपाललाइ गर्यो २३ टन औषधि सहयोग

काठमाडौं । कोरोना भाइरस कोभीड–१९ बिरुद्ध लड्न भारतले नेपाललाइ २३ टन औषधि सहयोग गरेको छ । बुधबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त परिमाणको औषधि हस्तान्तरण गरेका छन् ।

भारतले उपलब्ध गराएको औषधिहरूमा ३.२ लाख डोज पारासिटामोल र २.५ लाख डोज हाइड्रोक्सिक्लोरोक्विन समेत गरी कुल ८.२५ लाख डोज रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत चैत २ गते सार्क राष्ट्रका नेताहरूसँग भिडियो कन्फ्रेन्स गर्दै सार्क कोभिड–१९ आपतकालीन कोष स्थापना गर्ने घोषणा गरेका थिए ।


उक्त कोषमा भारतको तर्फबाट १० मिलियन अमेरिकी डलर प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मोदीले सबै छिमेकी मित्र राष्ट्रहरूलाई हरसम्भव सहयोग गर्ने बताएका थिए ।

Facebook Comments

हरेक खबर खास खबर